अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

मुलुकमा थप ७ जनामा कोरोना भारइरसको संक्रमण, कुल संक्रमितको संख्या १०९ पुग्यो

बिआरटीनेपाल २०७७ वैशाख २६ गते ८:०३ मा प्रकाशित

नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका ३, कपिलवस्तुका ३ तथा पर्साका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा भएको परीक्षण अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष तथा पर्साको छपकैयाका ६२ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

अहिलेसम्म ३० जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमण पुष्टि भएका सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म आरडीटीबाट ५४ हजार ५ सय ३१ र पीसीआर प्रविधिबाट १५ हजार ४ सय ९२ नमूना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घन्टामा १ हजार ८५९ परीक्षण भएको जानकारी दिनुभयो । सातवटै प्रदेशमा कोरोनाको आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ६ हजार ८ सय ४९ प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकीमा ६ हजार ३ सय ७७ , प्रदेश ५ मा ६ हजार ९९ प्रदेश कर्णालीमा ६ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ वटा परीक्षण भएका छन्।

यसैगरी, क्वारेन्टाइनमा बस्नेको संख्या १५ हजार ६२४ पुगेको छ । जसमध्ये प्रदेश १ मा, १६ सय ४५, प्रदेश २ मा १ हजार २ सय ९१, बागमती प्रदेशमा २ सय ७२ , गण्डकीमा ५ सय ११ , प्रदेश ५ मा ५ हजार ८ सय ७ कर्णालीमा २ हजार ७ सय ५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३ जना क्वारेन्टाइनमा रहेका छन्। रेड जोनमा पर्नेको संख्या ३३६ पुगेको छ। यस्तै, आइसोलेसनमा १३५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय