अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११
| Colorodo: 05:26
कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको चीन सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको उहान सहरमा आज देखि विद्यालयहरु खुलेका छन् । आजबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।
विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस कोभिड १९ को अनिवार्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।
पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले उहानले पनि आज देखि विद्यालय खोल्ने निर्णय गरेको हो । यसअघि देखि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो ।