अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 05:22

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ५८ हजार ९ सय ८२ जनाको मृत्यु, १२ लाख ५१ हजार १ सय २० उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २४ गते ७:०६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ५८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १२ लाख ५१ हजार १ सय २० जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३७ लाख ४७ हजार ८ सय ५० जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७२ हजार २ सय ८५ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३१, बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ४ सय १८, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ९ सय ९३ र बेल्जियममा ८ हजार ३ सय ३९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ६ सय ९५ , पाकिस्तानमा ५ सय २६ , बंगलादेशमा १ सय ८६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ४, श्रीलंकामा ९ र माल्दिभ्स्मा २ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ९९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय