अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 05:33

अमेरिकी सरकारले ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिँदै

बिआरटीनेपाल २०७७ वैशाख २२ गते २१:५८ मा प्रकाशित

अमेरिकाले कोरोना भाइरसका कारण यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब डलर बराबरको बजेट ऋणका रुपमा निकासा गर्नुपर्ने भएको जनाएको छ ।कोरोना भाइरसको महामारीका कारण प्रभावित क्षेत्रका लागि तयार पारिएको राहत प्याकेजमा बजेट खर्च भएकाले दोस्रो त्रैमासिकमा ३० खर्ब बजेट उधारोमा लिनुपरेको जनाइएको छ ।

यसअघि कुनै पनि त्रैमासिकमा लिइएको ऋणभन्दा यो पाँच गुणा बढी भएको जनाइएको छ । यसले सन् २००८ को आर्थिक मन्दीका बेलाको जस्तै रुप लिएको छ । गत आर्थिक वर्ष सन् २०१९मा १२ खर्ब ८० अर्ब उधारो लिएको बताइएको छ । दोस्रो त्रैमासिकमा ३० खर्ब उधारो बजेट लिएसँगै अमेरिकी सरकारको ऋण २५ ट्रिलियन डलर पुग्नेछ ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका व्यक्ति तथा व्यवसाय र स्वास्थ्य सेवालाई सहयोग गर्न अमेरिकी सरकारले ३० खर्बको राहत प्याकेज ल्याएको छ । उक्त राहत प्याकेज अमेरिकी कूल बजेटको झण्डै १४ प्रतिशत हो ।यसका लागि सरकारी ऋण पत्र बेचिने जनाइएको छ । यस्तै अप्रिल १५ मा अमेरिका सरकारले कर तिर्ने समयावधी पनि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय