अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 05:37

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ५२ हजार ३ सय ९६ जनाको मृत्यु, ११ लाख ९५ हजार ५६ उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २२ गते २१:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ५२ हजार ३ सय ९६ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ११ लाख ९५ हजार ५६ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३६ लाख ४५ हजार ५ सय ३९ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ६९ हजार ९ सय २१ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ७९, स्पेनमा २५ हजार ८ सय २४, फ्रान्समा २५ हजार २ सय १, बेलायतमा २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार २ सय ७७, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ९ सय ९३ र बेल्जियममा ७ हजार ९ सय २४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ६ सय ६६ , पाकिस्तानमा ४ सय ७६ , बंगलादेशमा १ सय ८२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९०, श्रीलंकामा ८ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ८२ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय