अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

छिमेकी प्रदेशमा कोरोना संक्रमित बढेपछि ७ दिनका लागि कर्णाली प्रदेश सिल

बिआरटीनेपाल २०७७ वैशाख २२ गते ७:०६ मा प्रकाशित

छिमेकी प्रदेशमा कोरोना संक्रमित बढ्न थालेपछि कर्णाली प्रदेश सिल गरिएको छ । सुदूरपश्चिम र प्रदेश–५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले ७ दिनको लागि सबै सिमा सिल गर्ने निर्णय भएको हो । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेशलाई कोरोनाबाट मुक्त बनाईराख्नका लागि सिल गर्ने निर्णय गरेको छ ।

सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने बताउनु भयो । उहाँका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ ।

बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको छ । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय