अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६
| Colorodo: 06:01
कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ पुगेको छ । थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित नेपालीको सङ्ख्या ८४ पुगेको हो । कुवेतस्थित नेपाली दूतावासका अनुसार हिजोसम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शङ्का लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न पनि दूतावासले भनेको छ ।