अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 06:54

एनआरएनए कोरियाको हुकुमी शैली मनगढन्ते कहानी पत्रकार प्रति आक्रोश

बिआरटीनेपाल २०७७ वैशाख २१ गते १७:५४ मा प्रकाशित

काठमाडौँ, झट्ट सुन्दा जो कोहीलाई लाग्न सक्छ मजदुर मैत्री गैह्र आवासीय नेपाली सङ्घ प्रवासमा रहेका लाखौँ नेपालीको अभिभावक तर आज विश्व प्रेस स्वतन्त्रताका दिन गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले दादागिरी र तानासाही तरिकाले नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाका पूर्व सहसचिव एंवम सदस्य अर्जुन बराललाई ब्यत्तिगत आरोप लगाएर पदमा आसीन युवा संयोजक अरुण श्रेष्ठले निज बरालले फेसबुकमा लेखिएको स्टाटसलाई ईपिएस छिन्गु नामकरण गरेको साइटमा नेपाल एयरलाइन्स कोरिया उड्न नदिन षडयन्त्र, कमिसन र नाफा लिन नपाएर छटपटाहट, नेपालको श्रम मन्त्रालयमा उजुरी हालेको लगायतको आरोप लगाएर दादागिरी शैलीमा स्टाटस पोस्टयाएका छन् ।

भएको के हो ?
कोरियामा विभिन्न भिसामा रहेर नेपाल छुट्टीमा गएका नेपाली कोरोना भाइरसका कारण लकडाउन सँगै अन्तर्राष्ट्रिय उडान स्थगितको समस्याले समयमा कोरिया आउन नपाएको कारण केहीको भिसा गुमी सकेको र केहीको गुम्ने अबस्थाम रहेकोमा एनआरएनए कोरिया र केही ट्राभल्स एजेन्सीको सहकार्यमा सरकारसँग डेलिगेसन मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को निर्णय परराष्ट्र सहित गृह मन्त्रालयलाई बोधार्थ लेखी वैशाख १४ गते रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा काम गर्ने अनुमति प्राप्त वैद्य प्रबेशाज्ञा भएका र हाल बिदामा नेपालमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई निजहरूकै खर्चमा चार्टड उडानबाट जान स्वीकृति दिने निर्णयसँगै गैह्र आवासीय नेपाली सङ्घ केन्द्रीय कार्यालय र नेपाल एयरलाइन्स बिच चार्टड सम्झौता भएको थियो भने उडानको मिति वैशाख १८ बिहीबार सँगै उडान खर्च रु.१,१३,७७५ कायम गरिएको जानकारी विभिन्न व्यक्तिको सामाजिक सञ्जालबाट गराइएको थियो तर बिबिध कारण जनाउँदै उडान स्थगित भएको जनाउ दिएको थियो ।

यस विषयमा केन्द्रित भएर केही पहिले कोरियन एयरलाइन्सले नेपालमा रहेका आफ्ना नागरिकका लागि एकतर्फी भाडाका लागि ८६४ अमेरिकी डलर कायम गरिएको एक स्क्रिन सटसँगै राखेर राष्ट्रिय ध्वजा बाहक विमानको भाडा दर किन महँगो सस्तो हुनुपर्ने कोही मर्काका नपरून् र प्रश्न नउठोस् भनेर व्यक्तिगत आशयको बरालले फेसबुकमा स्टाटस राखेका थिए तर त्यही स्टाटसकै कारण श्रम मन्त्रालयमा उजुरी परेको भनेर कसले कुन आधार र उद्देश्य के हो ? नखुलाई बिना प्रमाण पदको दम्भका कारण मनगढन्ते कहानी बनाएर कोरियामा रहेका मजदुर माझ नकारात्मक सहित निज बरालमाथि जे सुकै होस भन्ने नियतले बदनियत गरिएको छ भने समाचार तयार पार्दासम्म नेतृत्वबाट स्पष्ट धारणा आएको छैन यसबाट नेतृत्व नै पत्रकारलाई नङ्गाउन लागेको त हैन भन्ने प्रश्न उठेको भन्दै पत्रकार महासङ्घ कोरिया शाखाले आपत्ति व्यक्त गरेको छ ।

केही समय पहिले एनआरएनए दक्षिण कोरियाको संयोजकमा कोरोना भाइरसको रोकथामका लागि एक व्यक्ति एक किट सहयोग अभियानमा स्वतन्त्र अभियन्ताको रूपमा बराललाई कमिटी भित्र राखिएको थियो भने अभियान कोरियामा रहेका नेपालीको समर्थनले सफल पनि भएको थियो साथै यस अभियानमा मैले सक्दो सहयोग गरेकै हो तर व्यक्तिगत बिचारलाई लिएर सरकारको संयन्त्रलाई नै रोक्न सक्ने मेरो कुनै हैसियत छैन र हुन्न पनि । म अझ पनि भन्छु कोरियामा रहेर विभिन्न पेसामा आबद्ध जो कोही नेपालमा बिदामा जाँदा भिसा अवधि सक्किएका र सक्किन लागेकाको कूटनैतिक तवरले समस्या समाधान हुनुपर्छ बरालको तर्क थियो । संस्मरण रहोस् कोरियामा विभिन्न कानुनी समस्यालाई हल गर्न अहोरात्र खट्टिने एनआरएनए नै सामान्य जिज्ञासाको विषयलाई अतिरंजित गर्ने र संस्थाको विषयमा बोल्नै नहुने हुकुमी शैली केही पत्रकारले यस अघि भोगी सकेका छन् ।

यसै विषयमा एमटियु कोरियाका अध्यक्ष उदय राई, महासचिव मधुसूदन ओझाले पनि व्यक्तिगत जिज्ञासालाई अतिरञ्जित गराउन नहुने धारणा व्यक्त गरेका छन् भने कोरियाको समाजलाई राम्रो सँग बुझेका वैरागी माइला नामबाट परिचित मजदुरले विमान हो कि सुर्तीको पोको हो ? के जिज्ञासा राख्नै नहुने प्रश्नको स्वच्छ जिज्ञासालाई सामना गर्न नसके पद छोडे हुन्छ आफूले गर्न नसकेपछि अरूको चरित्र हत्या गर्नु जायज हैन,अरूलाई कानुनको पाठ पढाउनेलाई नै कानुन थाहा छैन एक मजदुरले चाहँदैमा उडान स्थगित हुने कस्तो कूटनैतिक सम्झौता हो,कुन मजदुरले नेपाल एयरलाइन्स कोरिया नआओस् भन्ने चाहन्छ ? कमिसनको खेल नमिलेपछि आरोप लगाउने ? उनको आक्रोशपूर्ण भनाई थियो ।

त्यस्तै एनआरएनए कोरियाका पूर्व अध्यक्ष द्धय राजु क्षेत्री र विनोद कुँवरले पनि संस्था सबैको हो जिज्ञासा राख्न पाउँछ संस्था अभिभावक हो तर स्वच्छ विरोधलाई स्वीकार गर्न नसकेर कसैमाथि खनिनु कदापि राम्रो होइन यसलाई नेतृत्वले कसरी हेर्छ त्यो महत्त्वपूर्ण विषय रहेको प्रतिक्रिया दिएका छन् भने नेपालमा रहेका नेपाली कोरिया ल्याउन सुरुवात देखिनै पहल गर्ने एनआरएनएका पूर्व अध्यक्ष एंवम नेपाल टुर कम्पनी लिमिटेडका प्रोप्राइटर केपी सिटौलाले कसले भन्यो नेपाल एयरलाइन्स कोरिया ल्याउन हुन्न भनेर ? को हो त्यो मजदुरको पैसालाई कमिसनसँग कसले दाँज्यो ? हावादारी र मनगढन्ते कुरा गरेर अरूलाई भ्रम किन छर्ने ? भन्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया