अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 01:57

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ४० हजार ३ सय बढीको मृत्यु, ३४ लाख २२ हजार ५ सय संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख २० गते ७:२४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ४० हजार ३ सय ३८ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ३४ लाख २२ हजार ५ सय ९५ जना संक्रमित भएका छन् ।कोरोना संक्रमित १० लाख ९३ हजार २ सय १५ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६५ हजार ७ सय ८३ जनाको ज्यान गएको छ । इटालीमा २८ हजार २ सय ३६, स्पेनमा २५ हजार १ सय , फ्रान्समा २४ हजार ५ सय ९४, बेलायतमा २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार १ सय ५६, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ७ सय ३६ र बेल्जियममा ७ हजार ७ सय ६५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार २ सय २३ , पाकिस्तानमा ४ सय १७ , बंगलादेशमा १ सय ७५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ७२, श्रीलंकामा ७ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ५९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय