अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

नेकपा सचिवालय बैठक – उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधी सभामा लैजाने निर्णय

बिआरटीनेपाल २०७७ वैशाख २० गते ७:२० मा प्रकाशित

नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। यस्तै बैठकले स्थायी कमिटीको बैठक यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ। त्यो भन्दा अघिल्लो दिन सचिवालय बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको उहाले बताउनुभयो ।

यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय