अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 02:20

उत्तर कोरियाली नेता किम जोङ–उन २० दिनपछि सार्वजनिक

बिआरटीनेपाल २०७७ वैशाख १९ गते २१:४० मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत हुनुभएको हो । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गर्नुभएको छ ।

नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित हुनुभएको हो । प्योङ्गयोङको उत्तरमा रहेको उद्योगको किमले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उहाँ गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ । तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उहाँ ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय