अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

अमेरिकामा ११ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण

बिआरटीनेपाल २०७७ वैशाख १९ गते २१:४० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा संक्रमितको संख्या ११ लाख ३१ हजार भन्दा बढी पुगेको छ ।

यस्तै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या अमेरिकामा ६५ हजार ७ सय भन्दा बढी भएको छ। महामारीमा अमेरिकाको इपिसेन्टर न्यूयोर्कमा सबैभन्दा धेरै २४ हजार भन्दा बढीको मृत्यु भएको छ।

यस्तै न्यूयोर्कमा संक्रमितको संख्या ३ लाख ८ हजार भन्दा बढी रहेको छ । त्यसपछि न्यूजर्सीमा संक्रमितको संख्या १ लाख २१ हजार भन्दा बढी र मृत्यु हुनेको संख्या ७ हजार ५ सय भन्दा बढी रहेको छ ।

प्रतिक्रिया