अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 02:02

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ३४ हजार ७ सय बढीको मृत्यु, ३३ लाख २७ हजार २ सय संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १९ गते ६:५० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ३४ हजार ७ सय २ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ३३ लाख २७ हजार २ सय ३९ जना संक्रमित भएका छन् ।कोरोना संक्रमित १० लाख ५२ हजार ५ सय ६४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६३ हजार ८ सय ७१ जनाको ज्यान गएको छ । इटालीमा २७ हजार ९ सय ६७, स्पेनमा २४ हजार ५ सय ४३, फ्रान्समा २४ हजार ३ सय ७६, बेलायतमा २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ९१, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ६ सय २३ र बेल्जियममा ७ हजार ७ सय ३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार १ सय ५४, पाकिस्तानमा ३ सय ९१, बंगलादेशमा १ सय ७० जनाको ज्यान गएको छ । अफगानिस्तानमा ६८, र श्रीलंकामा ७ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ५९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय