अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 01:56

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ३४ हजार १ सय ५ जनाको मृत्यु, ३३ लाख ८ हजार २ सय ३३ संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १८ गते २२:०२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ३४ हजार १ सय ५ जनाको ज्यान गएको छ । कोरोनाबाट अहिलेसम्म ३३ लाख ८ हजार २ सय ३३ जना संक्रमित भएका छन् ।कोरोना संक्रमित १० लाख ४२ हजार ८ सय १९ जना उपचारपछि निको भएका छन्।

पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६३ हजार ८ सय ६१ जनाको ज्यान गएको छ भने १० लाख ९५ हजार २ सय १० जनामा संक्रमण भेटिएको छ । इटालीमा २७ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार ४ सय ६३ जना संक्रमित छन् । स्पेनमा २४ हजार ५ सय ४३ जनाको ज्यान जाँदा २ लाख ३९ हजार ६ सय ३९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २४ हजार ३ सय ७६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यसैगरी संक्रमितको संख्या १ लाख ६७ हजार १ सय ७८ रहेको छ । बेलायतमा २६ हजार ७ सय ७१ जनाको ज्यान गएको छ र १ लाख ७१ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । इरानमा ६ हजार २८ र चीनमा ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ६ हजार ४ सय ४७ र बेल्जियममा ७ हजार ५ सय ९४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार १ सय ५४ जनाको ज्यान गएको छ भने ३४ हजार ८ सय ६३ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ३ सय ८५ जनाको ज्यान जाँदा १६ हजार ८ सय १७ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा १ सय ६८ जनाको ज्यान जाँदा ७ हजार ६ सय ६७ जना संक्रमित छन् । अफगानिस्तानमा ६४ जनाको मृत्यु हुँदा २ हजार १ सय ७१ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ६ सय ६५ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ भने ४ सय ६८ जना संक्रमित छन् । नेपालमा ५७ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय