अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइपी खनालबिरुद्ध सांसद यादवद्धारा मानवअधिकार आयोगमा अपहरण उजुरी

बिआरटीनेपाल २०७७ वैशाख १८ गते ७:३० मा प्रकाशित

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिनुभएको छ ।

यसअघि उहाँले आफूलाई बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दिन खोजे पनि उनीहरुले उजुरी नै दर्ता गर्न मानेका थिएनन्।

सांसद् यादवले शक्ति र सत्ताका आडमा ती तीनले आफ्नो ज्यान लिनसक्ने खतरा भएको भन्दै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही र छानबिनका लागि निवेदन दिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय