अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 01:58

चीनमा २२ मे देखि संसद सुरु हुने

बिआरटीनेपाल २०७७ वैशाख १७ गते ७:२३ मा प्रकाशित

चीनमा २२ मे देखि संसद सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका बीच चीनमा संसदीय अधिवेशन सुरु हुने भएको हो । पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनपछि बस्न नसकेको संसद २२ मे देखि सुरु गरिने चीनिया सरकारले तयारी गरेको छ ।

चीनमा पछिल्लो समय सबैभन्दा बढी प्रभावित बनेको वुहानमा सबै कोरोना संक्रमित स्वस्थ भएर घर फर्किसकेको र महामारी नियन्त्रणमा आएको भन्दै चीन सरकारले अब सरकारी र नीजि कार्यालयहरुपनि खोल्ने तयारी सुरु गरेको छ । चीनमा कोरोनाका कारण ८२ हजार नागरिक संक्रमित भएका थिए भने ४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय