अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 23:33

सिरियामा ट्यांकर बम बिस्फोट, कम्तिमा ४० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:११ मा प्रकाशित

सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई बिस्फोटक पदार्थ राखेर बिस्फोट गराइएको टर्कीले बताएको छ । टर्कीसँग सीमा जोडिएको हाताय प्रान्तका गभर्नर तथा टर्कीका रक्षा मन्त्रीले कुर्दिस समूह वाइपिजीले बम आक्रमण गरेको आरोप लगाएका छन् । सो समूहको सम्बन्ध टर्कीमा सक्रिय रहेको कुर्दिस सैन्य समूहसँग रहेको उनीहरुको भनाई छ ।

आफ्रिन शहरमा टर्किस सेनाको नियन्त्रण रहेको छ । टर्की र सिरियाली सेनाले सन् २०१८ मा सो क्षेत्रबाट सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) लाई सो क्षेत्रबाट हटाउनका लागि संयुक्त अभियान सुरु गरेका थिए । वाइपिजीलाई टर्कीले आतंकवादी समूहका रुपमा लिने गरेको छ । अमेरिकाको सहयोगमा वाइपिजीले सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियान चलाएको थियो र त्यसमा जित हाँसिल गरेको थियो । सोमबार अपराहन्न आफ्रिनको मध्य सोउक अली क्षेत्रको खुला बजारमा बिस्फोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय