अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७
| Colorodo: 23:22
भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुले जारी बन्दाबन्दीलाई निरन्तरता दिन सुझाव दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलको क्रममा मुख्यमन्त्रीहरुले कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यानमा राखि बन्दाबन्दीलाई निरन्तरता दिन सुझाव दिएका हुन् ।
सम्वादको क्रममा प्रधानमन्त्री मोदीले बन्दाबन्दीको बेला मुलुकको आर्थिक अवस्थाको बारेमा चिन्ता नलिन भन्दै जारी गरिएको बन्दाबन्दीलाई केहि क्षेत्रका लागि मात्रै खुकुलो बनाउन सकिने बताउनुभएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार भारतमा हिजोसम्म कोरोनाका कारण २८ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या बढेर ९ सय ३९ पुगेको छ ।