अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

मुलुकमा लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ वैशाख १४ गते ७:५० मा प्रकाशित

नेपाल सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु गरेको थियो । त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।

नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्। यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय