अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 23:37

जापानको समुद्री जहाजमा कोरोनाका ६० नयाँ बिरामी भेटिए

बिआरटीनेपाल २०७७ वैशाख १३ गते ६:३२ मा प्रकाशित

जापानको एक बन्दरगाहमा रोकिएको ‘कोस्टा एटलान्टिका’ समुद्री जहाजमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ६० नयाँ सङ्क्रमित भेटिएका छन् । यो समुद्री जहाजमा सङ्क्रमितको सङ्ख्या एक सय ५० पुगेको छ ।

उक्त जहाजमा ६ सय २३ कर्मचारी रहेको बताइएको छ । यद्यपि यो जहाजमा कोही पनि यात्री छैनन् । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि जहाजलाई चीनको साटो जापानको नागासाकी डइभर्ट गरिएको थियो ।

त्यसपछि जहाजका कर्मचारी यहीँ फसेका हुन् तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही कर्मचारीले जहाज छाडेका छन् । जापानमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बन्दै गएको छ । जापानभर अहिलेसम्म १२ हजार आठ सय जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय