अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०० | Colorodo: 20:15

विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण १ लाख ९७ हजार २ सय बढीको मृत्यु, २८ लाख ३० हजार ५१ भन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १२ गते २२:०५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ९७ हजार २ सय बढीको ज्यान गएको छ । कोरोना संक्रमित ७ लाख ९८ हजार ७ सय ७२ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २८ लाख ३० हजार ५१ जना संक्रमित भएका छन् ।

शनिवार विहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ५२ हजार १ सय ८५ जनाको ज्यान गएको छ भने ९ लाख २५ हजार ३८ जनामा संक्रमण भेटिएको छ । १ लाख १० हजार ४ सय ३२ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ९२ हजार ९ सय ९४ जना संक्रमित हुँदा ६० हजार ४ सय ९८ उपचारपछि घर फर्किएका छन् । स्पेनमा २२ हजार ५ सय २४ जनाको ज्यान जाँदा २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २२ हजार २ सय ४५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५९ हजार ८ सय २८ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १९ हजार ५ सय ६ जनाको ज्यान गएको छ र १ लाख ४३ हजार ४ सय ६४ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ५ सय ७४ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ७ सय ६० र बेल्जियममा ६ हजार ६ सय ७९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ७ सय ८० जनाको ज्यान गएको छ भने २४ हजार ४ सय ४७ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५ हजार ४ सय ९६ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ५३ जनाको ज्यान जाँदा ११ हजार ९ सय ४० जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय ५५ रहेको छ ।

बंगलादेशमा १ सय ३१ जनाको ज्यान जाँदा ४ हजार ६ सय ८९ जना संक्रमित छन् । अफगानिस्तानमा ४३ जनाको मृत्यु हुँदा १ हजार ३ सय ५१ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ४ सय २० जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ सय २९ , नेपालमा ४९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू