कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ५२ हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट कम्तिमा ५२ हजार १ सय ८५ जनाको ज्यान गएको छ ।
अमेरिकामा तीन महिनाको अवधीमा कोभिड–१९ बाट यति धेरैको संख्यामा ज्यान गएको हो । पछिल्लो पटक थाहा भए अनुसार अमेरिकामा गएको फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो ।
पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्कको न्यूयोर्क सिटीमा अहिलेसम्म कम्तिमा १६ हजार ६४६ जनाको ज्यान गएको छ ।
हालसम्म संक्रमितको संख्या अमेरिकामा ९ लाख २५ हजार भन्दा बढी पुगेको छ । यस्तै ४६ लाख ९२ हजार भन्दा बढी अमेरिकीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण गरिने भएको छ ।