अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 06:10

कतार सरकारद्धारा १७ नेपालीलाई आममाफी

बिआरटीनेपाल २०७७ वैशाख १२ गते ६:५३ मा प्रकाशित

कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ जना नेपालीलाई आममाफी दिने घोषणा गरेको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका छन् । आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरुलाई रिहा गरिनेछ । लागू औषध कारोबारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरीमा संलग्न २ तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका अरु २ जना नेपाली रिहा हुने दूतावासको भनाई छ ।

प्रतिक्रिया