अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 20:12

विश्वभर कोरोना भाईरस (कोभिड–१९) का कारण १ लाख ९१ हजार ९ सय बढीको मृत्यु, २७ लाख ४६ हजार ९ सय भन्दा बढी संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १२ गते ६:५१ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ९१ हजार ९ सय बढीको जनाको ज्यान गएको छ । कोरोना संक्रमित ७ लाख ५७ हजार ३ सय ४९ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २७ लाख ४६ हजार ९ सय जना संक्रमित भएका छन् ।
शुक्रबार साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ५० हजार २ सय ४३ जनाको ज्यान गएको छ भने ८ लाख ८६ हजार ७ सय ९ जनामा संक्रमण भेटिएको छ । ८५ हजार ९ सय २२ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार ९ सय ७३ जना संक्रमित हुँदा ५७ हजार ५ सय ७६ उपचारपछि घर फर्किएका छन् । स्पेनमा २२ हजार ५ सय २४ जनाको ज्यान जाँदा २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा २१ हजार ८ सय ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार १ सय ८३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १८ हजार ७ सय ३८ जनाको ज्यान गएको छ र १ लाख ३८ हजार ७८ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ५ सय ७४ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ५ सय ७५ र बेल्जियममा ६ हजार ६ सय ७९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ७ सय २२ जनाको ज्यान गएको छ भने २३ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५ हजार १२ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ३७ जनाको ज्यान जाँदा ११ हजार १ सय ५५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ५ सय २७ रहेको छ ।

बंगलादेशमा १ सय ३१ जनाको ज्यान जाँदा ४ हजार ६ सय ८९ जना संक्रमित छन् । अफगानिस्तानमा ४२ जनाको मृत्यु हुँदा १ हजार २ सय ७९ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ७३ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ सय १६ , नेपालमा ४८ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू