महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ९० हजार ६ सय ५० भन्दा बढीको जनाको ज्यान गएको छ । कोरोना संक्रमित ७ लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २७ लाख १८ हजार ६ सय ९९ जना संक्रमित भएका छन् ।
शुक्रबार विहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४९ हजार ८ सय ४५ जनाको ज्यान गएको छ भने ८ लाख ८० हजार २ सय ४ जनामा संक्रमण भेटिएको छ । ८५ हजार ९ सय २२ जना उपचारपछि निको भएका छन् ।
इटालीमा २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार ९ सय ७३ जना संक्रमित हुँदा ५७ हजार ५ सय ७६ उपचारपछि घर फर्किएका छन् । स्पेनमा २२ हजार १ सय ५७ जनाको ज्यान जाँदा २ लाख १३ हजार २४ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा २१ हजार ८ सय ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार १ सय ८३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १८ हजार ७ सय ३८ जनाको ज्यान गएको छ र १ लाख ३८ हजार ७८ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ४ सय ८१ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ५ हजार ७ सय ७५ र बेल्जियममा ६ हजार ४ सय ९० जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ७ सय २१ जनाको ज्यान गएको छ भने २३ हजार ३९ जनामा संक्रमण देखिएको छ । त्यहाँ ५ हजार १२ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा २ सय ३५ जनाको ज्यान जाँदा ११ हजार ५७ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ३७ रहेको छ ।
बंगलादेशमा १ सय २७ जनाको ज्यान जाँदा ४ हजार १ सय ८६ जना संक्रमित छन् । अफगानिस्तानमा ४२ जनाको मृत्यु हुँदा १ हजार २ सय ७९ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ६८ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा १ सय ८ , नेपालमा ४८ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।