अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७
| Colorodo: 14:52
आज देशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । यस्तै शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने बताईएको छ ।
प्रिमनसुन चलिरहेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नु स्वभाविक रहेको बताईन्छ ।
