अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३
| Colorodo: 11:18
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ बर्षीय युवक उपचारपछि सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो ।
दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते उनमा कोरोना पुष्टि भएको थियो। उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेती अञ्चल अस्पतालबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भईसकेका छन् । अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ। तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने अहिलेपनि उपचार भइरहेको छ।
