अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७
| Colorodo: 20:12
चीनले सगरमाथा आधार शिविरमा फाईभ–जी मोवाईल नेटवर्क बिस्तार गरेको छ । यो संगै संसारकै अग्लो हिमाल सगरमाथामा फाइभ– जी मोबाइल नेटवर्क पुगेको छ । गएको शनिबार चीनतर्फको सगरमाथा आधार शिविरमा फाइभ– जी नेटवर्क विस्तार चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
प्रकाशित समाचारअनुसार उक्त क्षेत्रमा चाइना मोबाइल र हुवावेले सयुक्त रूपमा फाइभ–जी नेटवर्क विस्तार गरेका हुन्। ग्राहकका हिसाबले संसारकै ठूलो टेलिकम चाइना मोबाइलले सगरमाथा क्षेत्रको ५ हजार ३ सय, ५ हजार ८ सय र ६ हजार ५ सय मिटरको उचाइमा स्टेशन राखेको छ। यी स्टेशनबाट त्यो क्षेत्रमा फाइभजी नेटवर्कले काम गर्ने छ।
१० लाख अमेरिकी डलर खर्चमा विस्तार भएको यो नेटवर्कको परीक्षण गति डाउनलोडमा ७ सय एमबिपिएस र अपलोडमा २ सय २३ एमबिपिएस रहेको ग्लोवल टाईम्सले जनाएको छ ।