अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो सम्झौता

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:१७ मा प्रकाशित

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउन सम्झौता गरेको छ । सेनाले सरकारीस्तरमा १ करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो । सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री खरिदका लागि अस्ति सेनाले अन्तिम सम्झौता गरेको थियो । सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने जानकारी दिँदै प्रवक्ता पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताउनुभयो ।

३ सय ४२ टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उहाँको भनाइ छ । स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग झन्डै ३० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिदका लागि यसअघि नै सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू