विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर १ लाख ७० हजार ४ सय ३६ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ६ लाख ४६ हजार ८ सय ५४ जना उपचारपछि निको भएका छन्। संसारभर कोरोनाबाट २४ लाख ८१ हजार २ सय ८७ जना संक्रमित भएका छन् ।
बल्र्डोमिटर्सले जनाएअनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ४२ हजार ५ सय १४ जनाको ज्यान गएको छ भने ७ लाख ९२ हजार ७ सय ५९ जनामा संक्रमण भेटिएको छ । ७२ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।
इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार २ सय २८ जना संक्रमित हुँदा ४८ हजार ८ सय ७७ जना उपचारपछि घर फर्किएका छन् । स्पेनमा २० हजार ८ सय ५२ जनाको ज्यान जाँदा २ लाख २ सय १० जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा २० हजार २ सय ६५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ५५ हजार ३ सय ८३ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १६ हजार ५ सय ९ जनाको ज्यान गएको छ र १ लाख २४ हजार ७ सय ४३ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार २ सय ९ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ८ सय ६२ र बेल्जियममा ५ हजार ८ सय २८ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ५ सय ९२ जनाको ज्यान गएको छ भने १८ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको छ । त्यहाँ ३ हजार २ सय ७३ जना उपचारपछि सन्चो भएका छन् । पाकिस्तानमा १ सय ७६ जनाको ज्यान जाँदा ८ हजार ८ सय ९२ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ७० रहेको छ ।
बंगलादेशमा १ सय १ जनाको ज्यान जाँदा २ हजार ९ सय ४८ जना संक्रमित छन् । अफगानिस्तानमा ३६ जनाको मृत्यु हुँदा १ हजार २६ जनामा भाईरसको संक्रमण देखिएको छ । श्रीलंकामा ७ जनाको ज्यान गएको छ भने ३ सय ४ जना संक्रमित रहेका छन् । माल्दिभ्स्मा ६९, नेपालमा ३१ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।
