अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 20:06

भारतमा दुई साधुसहित ३ जनाको कुटीकुटी हत्या, ११० जना पक्राउ

बिआरटीनेपाल २०७७ वैशाख ७ गते २२:०० मा प्रकाशित

भारत महाराष्ट्रको पालघरमा कुटीकुटी ३ जनाको हत्या गरिएको विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक रहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् । आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुन सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् जानकारी दिएको छ । पक्राउ पर्नेमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू