अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 17:55

विश्वभर कोरोनाबाट २८ नेपालीको मृत्यु, १ हजार २ सय जना संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख ७ गते ७:२६ मा प्रकाशित

विश्वभर कोरोना भाइरसका कारण २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ सय नेपाली संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार मृत्यु हुने को संख्या २८ पुगेको हो । बेलायतमा मात्रै १७ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १ मा एक जनाको मृत्यु भएको हो । एनआरएनएको सचिवालयका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सक सम्मिलित समूहले तयार पारेको तथ्यांकमा २१ देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय रहेका छन् । यसैगरी बेलायतमा २ सय, स्पेनमा १०, युएइमा ७१, जर्मनीमा ४, पोर्चुगलमा २२, अष्ट्रेलियामा ११, आयरल्याण्डमा २२, साउदी अरबमा ४, कुवेतमा २१, फ्रान्समा १, जापानमा १, मलेसियामा ३, म्यानमारमा १, बेल्जियममा ४, क्यानाडामा ३, स्वीट्डरल्याण्डमा ५, मल्टामा २, र हङकङ मा १ जान संक्रमित रहेको एनआरएनएले जनाएको छ ।

यसैबीच, गैरआवासीय नेपाली संघले दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया