अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

लकडाउनको विरोधमा अमेरिकामा प्रदर्शन जारी

बिआरटीनेपाल २०७७ वैशाख ६ गते २२:१९ मा प्रकाशित

अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् ।टेक्सासको राजधानी अस्टिनमा सयौंको संख्यामा हेका प्रदर्शनकारीहरुले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरेको सिएनएनले जनाएको छ । राष्ट्रपति ट्रम्पका समर्थक मानिने उनीहरुले लकडाउनबाट अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि उनीहरु बन्दुक नै बोकेर देशका विभिन्न भागमा प्रदर्शनमा उत्रिएका थिए ।डेमोक्रेटहरुको सरकार रहेका राज्यहरुमा यस्ता प्रदर्शन गर्न राष्ट्रपति ट्रम्पले नै प्रदर्शनकारीलाई हौस्याएको बताइएको छ । स्वास्थ्य विज्ञहरुले अहिले नै लकडाउन खुकुलो गर्ने वा खोलने हो भने संक्रमण फैलिएर जोखिम झनै बढ्ने चेतावनी दिइरहेका छन् । राष्ट्रपति ट्रम्प स्वयंले लकडाउन खोल्न राज्यका गभर्नरहरुलाई बारम्बार दबाब दिईरहनुभएको छ ।

प्रतिक्रिया