न्यु योर्क । यो साता ८ करोड मानिसले कोरोना भाइरस राहतबापत प्रति व्यक्ति १ हजार २ सय डलर पाए । करिब ९० प्रतिशत अमेरिकी यस्तो राहत पाउन योग्य भएको अनुमान छ । तपाइले पाउनुभयो ? छैन भने त्यसका कारण यस्ता हुन सक्छन् ।
पहिलो कारण, तपाइले आर्थिक वर्ष २०१९ वा २०१८ मा ट्याक्स रिफण्ड नपाउनु र ट्याक्सबापत रकम तिर्न नपर्नु हो । तपाइले ट्याक्स रिफण्ड पाउनु भएको छैन वा ट्याक्सबापत रकम तिर्नु परेको छैन भने इन्टरनल रेभेन्यु सर्भिस (आइआरएस) सँग तपाईँको ब्याङ्कको खाता नम्बर नहुन सक्छ । यसका कारण तपार्इँको खातामा राहत रकम जम्मा नभएको हुनसक्छ । तर, तपाइले राहत नै नपाउने भने होइन ।
दोस्रो कारण, तपाइको तपाइले सन् २०१९ को ट्याक्स फाइल नगर्नु तथा सन् २०१८ मा ट्याक्स फाइल गर्दा प्रयोग गरेको ब्याङ्क खाता बन्द गर्नु हो । यस्तो अवस्थामा आइआरएसले तपाइको राहत रकम पुरानो खातामा पठाइदिएको तथा उक्त खाता बन्द भइसकेकाले ब्याङ्कले रकम आइआरएसलाई नै फिर्ता गरिदिएको हुनसक्छ । तपाईँको राहत रकम पछि चेकमार्फत तपाइको घरमा आइपुग्ने सम्भावना छ ।
तपाईँले आइआरएसको नयाँ अनलाइन टुल गेट माइ पेमेन्ट मार्फत ब्याङ्कको खाता नम्बर राख्न सक्नुहुन्छ ।
तेस्रो कारण, तपाईँको अस्थायी खाता हुनसक्छ । ट्याक्स फाइल गर्दा तपाइको एकाउन्टेन्टले ट्याक्स रिफण्डका लागि अस्थायी खाता खोलेको र उक्त खातामा जम्मा भएको रकम आफ्नो पारिश्रमिक काटेर मात्र तपाइको खातामा पठाएको हुनसक्छ । यस्तो अवस्थामा तपाईँले राहत रकम पाउन केही समय कुर्नुपर्ने हुन्छ ।
सन् २००८ मा सरकारले दिएको राहत रकम माथि उल्लेख गरिएको अस्थायी खाताका कारण २ करोड मानिसले समयमा पाएका थिएनन् । त्यस्तै टर्बो ट्याक्स र एचएण्डआर ब्लक जस्ता ट्याक्स फाइल गर्ने सेवा लिनेले आइआरएसको नयाँ अनलाइन टुलमा आफ्नो राहत रकमको अवस्थाबारे जानकारी पाउन नसकेको बताएका छन् । एचएण्डआर ब्लकले यस सम्बन्धमा आइआरएसको जवाफ कुरिरहेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
चौथो कारण, सन् २०१९ को ट्याक्स फाइल विद्युतीय माध्यमबाट नगर्नु हुनसक्छ । अझ पनि धेरै मानिसले ट्याक्स फाइल कागजी प्रक्रियाबाटै गर्छन् । कोरोना भाइरसको असरका कारण आइआरएसका अधिकारीहरूले कागजी रूपमा फाइल गरिएका ट्याक्स तत्कालका लागि प्रशोधन गर्न बन्द गरेका छन् । यही कारण कोरोना भाइरस राहत पाउनुभएको छैन ? त्यसका कारण यस्ता हुन सक्छन्
पाँचौँ कारण, तपाइको कमाइ ट्याक्स तिर्नुपर्ने दायराभित्र नहुनु हुनसक्छ । गत साल १२ हजार २ सयभन्दा बढी कमाइ गर्न व्यक्ति तथा २४ हजार ४ सय भन्दा बढी कमाइ नगर्ने जोडीले ट्याक्स फाइल गर्नु पर्दैन । त्यस्ता मानिसका लागि आइआरएसले अनलाइन टुलको व्यवस्था गरेको छ । त्यस्ता मानिसले कोरोना भाइरस राहत पाउन उक्त टुलमा जन्म मिति, सोसल सेक्युरिटी नम्बर आदिजस्ता सूचना मागिएको फारम भर्नुपर्छ । कुनै पनि सूचना नभए ब्याङ्क खाता नम्बर वा त्यो पनि नभए आफू बस्ने ठेगाना राख्दा हुन्छ । तपाईँले त्यसपछि खातामा वा चेकमा राहत रकम पाउनुहुन्छ ।