अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

कोरोना संक्रमित बागलुङकी ६५ बर्षीया महिला निको भएर अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ वैशाख ६ गते ७:२३ मा प्रकाशित

 

कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला लाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी पूर्णतः निको भएर अस्पालबाट घर गएकी हुन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो।

धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ । उनको स्वाब परीक्षण भइरहेको र आइतबार रिपोर्ट आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय