अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकलाई सरकारले केही गरेन– नेपाली काँग्रेस

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:३५ मा प्रकाशित

नेपाली काँग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिकका लागि सरकारले केही नगरेको आरोप लगाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज फेसबुकमार्फत लामो समयको बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिकहरू हिँडेरै घरतर्फ गइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?’ शर्माले प्रश्न गर्नुभएको छ । प्रवक्ता शर्माले पैदल हिडेर गाउँ गइरहेका श्रमिकको बारेमा सोच्नुपर्ने बताउनुभयो । प्रवक्ता शर्माले लकडाउनका कारण समस्यामा परेका मजदुर, बेरोजगार र विद्यार्थीका लागि उचित प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

यसैबीच, काँग्रेसले कोरोना भाइरस संक्रमणको त्रासको समयमा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक भोलि बिहान ९ बजेका लागि बोलाईएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय