अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

नेपाल एयरलाईन्सका बाईडबडी चीनबाट मेडिकल सामाग्री लिएर नेपाल आए, एउटाले गर्यो ‘ओभरशुट’

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:४७ मा प्रकाशित

चीनको ग्वान्झाउबाट औषधि र मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका २ वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज आज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए ।

यसैबीच, सामान बोकेर आएको एउटा वाइडबडी जहाजले भने ओभरशुट गरेको छ । धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमान धावनमार्गमा टच हुन लाग्दा पाइलट कन्फ्युज भएपछि ओभरशुट गराईएको बताईएको छ । हवाइ उडानमा यसलाई सामान्य प्रक्रियाका रुपमा लिइन्छ । ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढमाथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय