अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 02:44

अमेरिकामा बिज्ञ डाक्टर पौडेलको निधन

बिआरटीनेपाल २०७७ वैशाख ३ गते २२:२६ मा प्रकाशित

नेपाललगायत दक्षिण एसियासँग अमेरिकाको सम्बन्धमा नेपाली प्रतिनिधित्व गर्दै आउनुभएका प्रा. डा. विष्णुप्रसाद पौडेलको निधन भएको छ। मंगलबार अमेरिकाको भर्जिनियामा ८९ वर्षीय डा. पौडेलको मृत्यु भएको हो । आधा शताब्दीअघि अमेरिका जानुभएका पौडेलले अंग्रेजी, संस्कृत, नेपाली र हिन्दीलगायत अन्य केही स्थानीय भाषामा पनि दख्खल राख्नुहुन्थ्यो ।

डिसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ उहाँ मान्य, सिनियर र परिपक्व र विद्वान व्यक्तित्वको रुपमा चिनिनुहुन्थ्यो । पौडेलले दक्षिण एशिया क्षेत्रको नीति अनुसन्धानमा राष्ट्रपति बिल क्लिन्टनको पालामा ह्वाइट हाउसलाई परामर्श दिने टिमलाई दुई कार्यकाल नेतृत्व समेत गर्नुभएको थियो ।

पौडेल नेपालका सरकारी विद्यालयलाई सूचना प्रविधिमा आधुनिकीकरण गर्न काम गरिरहेको संस्था इक्वालिटी फाउन्डेसनका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया