अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 12:23

बाराक ओबामाको समर्थन बाइडेनलाई

बिआरटीनेपाल २०७७ वैशाख २ गते २२:२२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई समर्थन गर्नुभएको छ । ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका जो बाइडेन डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका एक्ला आकांक्षी हुनुहुन्छ । उहाँका पूर्व प्रतिस्पर्धी बर्नी सान्डर्सले सोमबार आफ्नो समर्थन बाईडेनलाई प्रदान गर्नुभएको थियो ।

त्यसको भोलिपल्ट पूर्व राष्ट्रपति ओबामाले बोइडेनलाई औपचारिक रुपमा समर्थन गर्नुभएको हो । लामो समयदेखि कसलाई समर्थन गर्ने भन्नेमा चुप रहेका ओबामाको समर्थन जहिले पनि बाइडेनमै रहेको ठानिएको थियो । तर उहाँले औपचारिक समर्थनका लागि सबै आकांक्षीले चुनावी अभियान अन्त्य गरेपछिको समय रोज्नुभएको हो ।

पहिलोपटक औपचारिक रुपमा बोल्दै ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान समेत गर्नुभएको छ । ओबामाले सोमबार रेकर्ड गरेको भिडियो मंगलबार पोस्ट गर्नुभएको हो । भिडियोमा ओबामाले बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गर्नुभएको छ ।

उपराष्ट्रपतिको रुपमा बाइडेनलाई रोज्नु आफ्नो सबै भन्दा उत्कृष्ट निर्णय रहेको ओबामाले पुनः स्मरण गर्नुभएको छ । अमेरिकाको नेतृत्व वर्गका लागि बाइडेन सबैभन्दा उपयुक्त नेता रहेको ओबामाले उल्ल्ेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू