अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 03:04

कोरोना संक्रमणका कारण अमेरिकामा २६ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख भन्दा माथि

बिआरटीनेपाल २०७७ वैशाख २ गते २२:११ मा प्रकाशित

नोवेल कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा यसको महामारी अझै कम हुने संकेत देखिएको छैन । मंगलबार एकै दिन २ हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।

यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार ८ सय भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या २ लाख ३ हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २ हजार ८ सय ५, मिसिगनमा १ हजार ७ सय ६८ तथा लुजियानामा १ हजार १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया