अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५०
| Colorodo: 05:05
बागलुङका दुई सङ्क्रमितको दोस्रो र तेस्रोपटकको जाँचमा पनि कोरोना पाइएको छ । कोरोना सङ्क्रमण भएपछि अस्पतालमा रहेका बागलुङकी १९ वर्षिया युवतीको तेस्रो जाँचको रिपोर्टमा पनि कोरोना देखिएको हो । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा रहेकी ती युवतीको हिजो तेस्रो परिक्षण गरिएको थियो ।
६५ वर्षिया अर्का सङ्क्रमित महिलाको दोस्रोे परीक्षणमा पनि कोरोना भएको पाइएको अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो । दुबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुमा अहिलेसम्म ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता कोरोनासम्बन्धी लक्षण नदेखिएको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
