अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 12:33

विश्वभर कोरोना भाइरसबाट १ लाख १४ हजार ९ सय बढीको मृत्यु, करिव १८ लाख ६२ हजार ५ सय संक्रमित

बिआरटीनेपाल २०७७ वैशाख १ गते ६:१५ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार नाघेको छ । अहिलेसम्म संक्रमणका कारण १ लाख १४ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । विश्वभर कोरोनाबाट १८ लाख ६२ हजार ५ सय ८४ जना संक्रमित भएका छन् भने ४ लाख ३१ हजार ७ सय ३४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २२ हजार १ सय ५५ जनाको ज्यान गएको छ । त्यहाँ ५ लाख ६० हजार ४ सय ३३ जनामा संक्रमण भेटिएको छ । इटालीमा १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ३ सय ६३ जना संक्रमित भएका छन् । स्पेनमा १७ हजार ४ सय ८९ जनाको ज्यान जाँदा १ लाख ६९ हजार ४ सय ९६ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १४ हजार ३ सय ९३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ३२ हजार ५ सय ९१ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १० हजार ६ सय १२ जनाको ज्यान गएको छ र ८४ हजार २ सय ७९ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ४ सय ७४ र चीनमा ३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ३ हजार २२ र बेल्जियममा ३ हजार ९ सय ३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ३ सय ३१ जनाको ज्यान गएको छ भने ९ हजार २ सय ४० जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ९३ जनाको ज्यान जाँदा ५ हजार ३ सय ७४ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ३९ , अफगानिस्तानमा १९, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २०, नेपालमा १४ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू