कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार नाघेको छ । अहिलेसम्म संक्रमणका कारण १ लाख १४ हजार २ सय ४७ जनाको ज्यान गएको छ । विश्वभर कोरोनाबाट १८ लाख ५३ हजार १ सय ५५ जना संक्रमित भएका छन् भने ४ लाख २३ हजार ६ सय २५ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २२ हजार १ सय ५५ जनाको ज्यान गएको छ । त्यहाँ ५ लाख ६० हजार ४ सय ३३ जनामा संक्रमण भेटिएको छ । इटालीमा १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ३ सय ६३ जना संक्रमित भएका छन् । स्पेनमा १७ हजार २ सय ९ जनाको ज्यान जाँदा १ लाख ६६ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १४ हजार ३ सय ९३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ३२ हजार ५ सय ९१ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १९ हजार ६ सय १२ जनाको ज्यान गएको छ र ८४ हजार २ सय ७९ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ४ सय ७४ र चीनमा ३ हजार ३ सय ४१ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ३ हजार २२ र बेल्जियममा ३ हजार ६ सय जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ३ सय ३१ जनाको ज्यान गएको छ भने ९ हजार २ सय ५ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ९१ जनाको ज्यान जाँदा ५ हजार २ सय ३० जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ३४ , अफगानिस्तानमा १८, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा २०, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।