अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 12:21

कोरोनाको एकमात्रै विकल्प खोप हो– बील गेट्स

बिआरटीनेपाल २०७६ चैत ३० गते ८:०८ मा प्रकाशित

अमेरिकी अर्बपति बील गेट्सले कोरोनाको एकमात्रै विकल्प खोप रहेको बताउनुभएको छ । विश्वलाई कोरोना संकटबाट मुक्त गरी पहिलेकै अवस्थामा ल्याउन भ्याक्सिनको विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

खोपको विकासनै संसारलाई पहिलेको अवस्थामा ल्याउन सक्ने एक मात्र तरिका रहेको बील गेट्सको भनाइ रहेको छ । बीबीसीका अनुसार डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बील गेट्सले बताउनुभयो ।

कोरोना सङ्क्रमणका विवरण आएको केही महिनामा परीक्षणबारे सोचेअनुसारको काम नभएको जनाइएको छ । अहिले विश्वनै खोप निर्माणको दौडमा छ । गेट्सको परोपकारी फाउन्डेसन पनि कोरोनाविरुद्धको खोप निर्माणको अनुसन्धान र विकासमा नै लागिपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू