अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

वीरगञ्जमा सङ्क्रमण देखिएको ठाउँलाई पूर्ण रूपमा लकडाउन गरिने

बिआरटीनेपाल २०७६ चैत ३० गते ७:५६ मा प्रकाशित

वीरगञ्जमा कोरोना संक्रमण देखिए ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने भएको छ । को प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको सङ्क्रमण देखिएको ठाउँलाई पूर्ण रुपमा लकडाउन गरिने बताउनुभएको हो । यसका लागि सङ्घीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उहाँले बताउनुभयो । प्रदेश २ को वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीयसँग भेट गर्ने २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना सङ्क्रमित भारतीय नागरिकसँग भेट गरेका उनीहरुलाई हिजो बेलुका नै छपकैया र घुसुकपुरस्थित मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको पर्साका एसपी गंगा पन्तले जानकारी दिनुभयो ।

वीरगञ्जबाट बिहीबार २६ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय