अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 05:57

भारतमा थप दुई हप्ता लकडाउन बढ्ने, मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री मोदीको ‘भिडियो कन्फरेन्स’

बिआरटीनेपाल २०७६ चैत २९ गते ७:२६ मा प्रकाशित

भारत सरकारले कोरोना भाइरस (कोभिड१९) बाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँगको करीब ४ घण्टा लामो बैठकमा लक डाउन बढाउने तयारी गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत जानकारी दिनुभएको छ ।तर, यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

मुख्यमन्त्री केजरीवालले सञ्चारमाध्यमसँग भने लकडाउनबारे प्रधानमन्त्री मोदी स्वयमले घोषणा गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्। पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू