अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३
| Colorodo: 09:38
सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीको तलब कट्टा नगरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मीको पारिश्रमिक नकाटेको र काट्न पनि निर्देशन नगरिएकाले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
केही सञ्चार माध्यमले पारिश्रमिक पनि कटौती गरिएको भन्ने खालका समाचार सार्वजनिक भईरहेको सन्दर्भमा त्यसमा कुनै सत्यता नभएको उहाँको भनाइ थियो ।
