अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 06:21

सार्क कोभिड–१९ आपतकालीन कोषमा पाकिस्तानद्धारा शर्तसहित ३० लाख डलर सहयोग

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:३१ मा प्रकाशित

पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमा शर्त सहित ३० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । गत १५ मार्चमा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरुबीच भएको भिडियो कन्फरेन्समा उक्त कोषको घोषणा गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोषको प्रस्ताव राख्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले १३ मार्चमा कोरोनाविरुद्ध लड्न सार्क मुलुकहरुले एउटा बलियो साझा रणनीति बनाउनु पर्ने प्रस्ताव गर्दै सदस्य राष्ट्रहरु प्रमुखहरुबीच भिडियो कन्फरेन्सको आह्वान गर्नुभएको थियो ।

मोदीले सोही भिडियो कन्फरेन्समा भारतका तर्फबाट कोषमा एक करोड अमेरिकी डलर दिने घोषणासमेत गरे पछि नेपाललगायतका अन्य सार्क मुलुकहरुले पनि सहयोगको घोषणा गरेका छन् । नेपालले भने १० लाख डलर दिने घोषणा गरेको थियो तर, पाकिस्तानले भने सुरुदेखि प्रस्तावप्रति समर्थन जनाए पनि सहयोग रकम घोषणा गरेको थिएन। पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोषमा रकम दिने सम्बन्धमा सार्क सचिवालयलाई जानकारी गराइएको जनाएको छ। सार्क सचिवालय काठमाडौंमा छ।

तर, पाकिस्तानले आपत्कालीन कोषमा तीस लाख डलर सहयोग गर्ने घोषणासँगै कोषको परिचालन सार्क सचिवालयबाटै हुनपर्ने आफ्नो पुरानो अडान पनि दोहार्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू