अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको १६ हजार ६ सय ९७ पुगेको छ । यसै गरी सङ्क्रमित हुनेको सङ्ख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ । हाल सम्म २५ हजार ९ सय २८ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा को भिड-१९ बाट न्युयोर्कमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ६७ पुगेको छ भने न्युजर्सीमा १७०९ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा मृत्यु हुनेको सङ्ख्या ५५९ पुगेको छ ।
कोलोराडो डिपार्टमेन्ट अफ हेल्थ अनुसार कोलोराडोमा रहेको ५६ काउन्टीमा कोरोनामा बिरामी फेला परेका छन् । यो समाचार लेखुल्न्जेल सम्म कोलोराडोमा २२६ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार २ सय २ छ । १ हजार २२१ जना अस्पताल भर्ना भएका छन् । अहिले सम्म ३१ हजार १ सय ८० जनाको परीक्षण गरिएको छ । यसै गरी फ्लोरिडामा ३७१ लुजियानामा ७०२, इलिनोइमा ५२८, टेक्ससमा २२२, मिसिगनमा १०७६, मेरिल्याण्डमा १३८, भर्जिनियामा १०९ लगायत अन्य राज्यहरू सहित कुल १६ हजार ६ सय ९७ पुगेको छ ।
विश्वभर अहिलेसम्म १६ लाख ३ हजार ८९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९५ हजार ७३१ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३ लाख ५६ हजार ६५६ जना निको भएर घर फर्किएका छन् । इटलीमा १८ हजार २ सय ७९, स्पेनमा १५ हजार ४ सय ४७, फ्रान्समा १२ हजार २ सय १०, युकेमा ७ हजार ९ सय ७८, चाइनामा ३ हजार ३ सय ३६, तथा इरानमा ४ हजार १ सय १० जनाको मृत्यु भइसकेको छ ।