अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७
| Colorodo: 06:02
कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुने र संक्रमितको संख्या लगातार बढिरहँदा निको हुनेको संख्या पनि बढिरहेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार साँझ सम्म कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३ लाख ३७ हजार ५ सय ६१ भन्दा बढी निको भएका छन् ।
जोन होप्किन्स विश्वविद्यालयले कोरोना भाइरसबाट संक्रमित भएर पनि ठीक हुनेहरुको संख्या अझ धेरै हुन सक्ने बताएको छ । धेरैलाई कोरोना भाइरसको संक्रमण भएको थाहै नभइ निको भएको पनि हुन सक्ने विश्वविद्यालयले जनाएको छ । अहिले सम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख ३४ हजार १ सय २६ रहेको छ । कोरोना संक्रमणबाट ८९ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ ।